शुक्रबार, बैशाख ७, २०८१

सिम्रिक पोलिक्लिनिकको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं साउन १९,  कामपा वडा न १५ डल्लुस्थित सिम्रिक पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टरले  शनिवार निःशुल्क स्वास्थ्य शिविरको आयोजना सहित विधिवत रुपले पोलिक्लिनिक शुभामरम्भ   गरेका छन ।

नसा एवं स्नायु रोग, बाल रोग, हाडजोर्नी र नसा रोग, मुटु रोग, सुगर डायविटिज रोग, छाती एवं दमको रोग, छाला सम्बन्धी रोग, यौन रोग, प्रसुती एवं महिला सम्बन्धीरोगका साथै फिजिसियन आदि सेवामा ४ वर्षिय मरिना श्रेष्ठ देखि ८५ वर्षिय मनमाया श्रेष्ठ लगायत २ सय जना स्थानीय शिविरबाट लाभाम्वित भएको प्रप्त समाचारमा उल्लेख  गरिएको छ ।

त्यस्तै क्लिनिकमा दैनिक विभिन्न रोगका विशेषज्ञ डाक्टरबाट चिकित्सकिय परामर्श सेवाका साथै एक्सरे, इसिजी, इको, रक्त परीक्षण लगायत फार्मेसी सेवा समेत भएको बताउँदै प्रत्येक शनिबार विशेषज्ञ डाक्टरहरुबाट निःशुल्क रक्तचाप , मधुमेह र स्वास्थ्य परीक्षण गरिने बताईएको छ । साथै यस वाहेकका अतिरिक्त सेवामा पनि विशेष छुटको व्यवस्था गरिएको क्लिनिकका अध्यक्ष प्रविण महर्जनले जानकारी दिएका छन । -शरण डंगोलबाट

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु