बिहिबार, बैशाख ६, २०८१

सामूहिक गौहत्या गर्नेलाई कडा कारवाही गर्न माग

काठमाडौ भाद्र १४ , विश्व हिन्दू महासंघकी महासचिव अस्मिता भण्डारीले सामूहिक गौहत्या घटना प्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको छानबिन गरी दोषीलाइ कारवाही गर्न माग गर्नुभएको छ ।  महासचिव भण्डारीले आज एक विज्ञप्ति जारी गर्दै कानून विपरीत राष्ट्रिय जनावर गाईको हत्या गर्नु अपराध भएको भन्दै अविलम्ब सम्बन्धित निकाय एवम् जिम्मेवारी पक्षमाथि छानबिन एवम् कारवाही गर्न माग गर्नुभएको हो ।

त्यस्तै विज्ञप्तिमा देशलाई विदेशीको प्रत्यक्ष परोक्ष इसारामा धर्मनिरपेक्ष घोषणा गरिएयता गौहत्याको श्रृखलाले प्रशय पाउँदै आएकोमा चिन्ता व्यक्त गर्नुको अलावा राष्ट्रिय जनावर गौ संरक्षण गर्नु राज्यको प्रमुख दायित्व घटनाप्रति राज्य उदासीन हुन थप चिन्ताको विषय भएको जिकिर सहित मुलुकका विभिन्न भागहरुमा उचित गौशालाहरुको व्यवस्थापनलागि समेत मुलुकका विभिन्न भागहरुमा उचित गौशालाहरुको व्यवस्थापन गर्न माग गर्नुभएको छ ।

स्मरण रहोस विहिवार राति बाँकेको नेपालगञ्जबाट दैलेखतर्फ लैजान लागिएका २९१ वटा गाईमध्ये २३ वटा गाई वीरेन्द्रनगरको कटकुवा जङ्गलमा मृत भेटिएका र १५० वटा गाई घाइते अवस्थामाभेटिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।