शनिबार, बैशाख ८, २०८१

सर्वोच्चले भन्यो राष्ट्र बैंकको निर्णय तत्काल कार्यान्वयन नगर्नु

काठमाडौ साउन २९,  सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको उमेर तोक्ने नेपाल राष्ट्र बैंकको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

राष्ट्र बैंकले अन्य बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको अधिकतम उमेर हद तोकेसंग प्राइम बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले दायर गर्नु भएको रिट निवेदन दाय गर्नु भएको थियो ।

प्रस्तुत रिटको सुनवाइ गर्दै मंगलवार जारी आदेशमा सुविधा सन्तुलनको दृष्टिकोणसमेतका आधारमा विपक्षी बैंकको मिति २०७६/०४/२० को एकीकृत निर्देशनको क्रम सङ्ख्या ११ (२) मा भएको ‘संशोधन÷परिमार्जन/नयाँ थप व्यवस्था’ कार्यान्वयन नगर्नु नगराउन आदेश जारी गरेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।