शुक्रबार, चैत्र १६, २०८०

सर्वोच्चले भन्यो- महानिर्देशक ढकालको सरुवा निर्णय कार्यान्वयन नगर्नु

काठमाडौ साउन २१ , सर्वोच्च अदालतले औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई सरुवा गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

औषधि व्यवस्था विभागका   ११ औ तहका महानिर्देशक नारायण प्रसाद ढकाललाइ विभागका महानिर्देशकको जिम्मेवारी हटाउँदै राष्ट्रिय औषधि प्रयोगशालाको प्रमुखको जिम्मेवारी दिनुको अलावा यसअघि विभागका वरिष्ठ औषधि व्यवस्थापक एवम् दर्ता महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका १० ‌औं तहका वरिष्ठ कर्मचारी पान वहादुर क्षेत्रीलाइ निमित्त महानिर्देशकको जिम्मेवारी दिएपछि औषधि जगतका नियमक निकाय विमागभमा एक किसिमको अन्यौलता सिर्जना भएको थियो । तर सर्वोच्चको आदेशसंगै आज त्यो अन्यौलताले निकास पाएको मात्र नभइ सिर्जित समस्याको निरुपण समेत गरेको छ ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई सरुवा गर्ने मन्त्रलयको निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा आज न्यायाधीश कुमार रेग्मी र ईश्वर खतिवडाको संयुक्त इजलासले म आदेश अन्तरिम आदेश जारी गदैृ महानिर्देशक ढकाललाइ विभगको जिम्मेवारी दिन भनेको छ ।   मन्त्रालयको सरुवा निर्णय विरुद्ध महानिर्देशक ढकालले आफूमाथि अन्याय भएको भन्दै २९ असारमा सर्वोच्चमा रिट निवेदन दिनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।