मङ्लबार, बैशाख ११, २०८१

सर्वदलीय बैठक निष्कर्ष विहिन, ससंद बैठक सोमबारसम्मका लागि स्थगन

काठमाडौं साउन १६ , प्रतिनिधिसभाको आज बसेको बैठक पनि स्थगन भएको छ । बैठमा जारी अवरोध हटाउने सवालमा सत्तारुढदल प्रतिपक्षीदलवी बीच सहमति बन्न नसकेकापछि आजको बैठक पनि स्थगन भएको हो ।  जारी अवरोधको निकास खोज्न  सभामुख कृष्णबहादुर महराले आव्हान गर्नु  भएको सर्वदलीय बैठकमा सत्तापक्ष र प्रतिपक्ष सर्लाही घटनाका विषयमा संसदीय समिति गठन गर्ने वा नगर्ने विषयमा आआफ्ना अडानमा रहेका कारण सहमति बन्न नसकेपछि संसद् बैठक सोमबारसम्मका लागि स्थगन गरिएको छ

बैठकमा प्रतिपक्षी दल काङ्ग्रेस सर्लाही घटनाका सम्बन्धमा संसदीय छानविन समिति बनाउनुपर्ने माग त्यस्तै समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका सासंद डा बाबुराम भट्टराईले सर्लाही घटनाका सम्बन्धमा संसदीय छानविन समिति बनाउने र लाल आयोगको प्रतिवेदन सार्वजनिकको विषयमा बोल्नु भएको थियो ।

सर्लाहीमा गत असार ५ गते विप्लब समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल प्रहरीको तर्फबाट भएको दोहरो भिडन्तको निर्मम हत्या बालुवा उत्खनन गरिएको स्थलमा पौडी खेल्ने क्रममा १२ वर्षीय बालक अमित रायको मृत्यु भएको घटनालाई लिएर प्रदर्शनमा उत्रिएका स्थानीयवासी र प्रहरीको झडपमा थप एक जनाको मृत्यु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।