शुक्रबार, बैशाख १४, २०८१

समाजलाइ दिगभ्रमित पार्दै उत्तेजना फैलाउने युट्यूब च्यानललाइ नियन्त्रण गरिने

काठमाडौं भाद्र ६ , मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पछिल्लो समय युट्यूब च्यानलले समाजमा अराजकता सहित उत्तेजना फैलाउने र अप्रिय घटना निम्त्याउने किसिमका सामग्री प्रसारण गर्ने गरेको जनाउ दिदै युट्यूब च्यानललाइ नियन्त्रण तथा व्यवस्थित गरिने बताउँनु भएको छ ।

साथै उहाँले युट्यूब च्यानलले अनुसन्धानलाई प्रभावित तुल्याउने हिसाबले अतिरञ्जित सामग्री प्रशारण गर्ने गरेको र यसले समाजलाई दिगभ्रमित पारेको बताउँनु भएको छ । त्यस्तै घटनालाई तोडमोड गर्ने देखि अपराध अनुसन्धानमा समेत धावा वोल्ने गरेकै कारण सूचना प्रविधि ऐन, ल्याइएको जुन संसदीय समितिमा छलफलको क्रममा रहेको बताउँनु भएको छ ।

साथै त्यस क्रमम नेपाली प्रेस आफ्नै सुनिश्चित र सुरक्षित जिम्मेवार, मर्यादित तथा भविष्यका निम्ति सबभन्दा बढी जिम्मेवार बनोस् भन्ने उद्देश्यले आमसञ्चार ऐन र सूचना प्रविधि ऐन फरकरुपमा ल्याएको तर यसलाई सञ्चार जगत्ले नै अपव्याख्या गरिरहेको गुनासो समेत गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।