मङ्लबार, बैशाख ४, २०८१

संघीय ससंदका प्रमुख प्रतिपक्षीदल काँग्रेसको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं भाद्र ११,  संघीय ससंदका प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु हुँदैछ । यसअघि गत साउन २९ मा स्थगित बैठककै निरन्तरता स्वरुप आजबाट बस्न लागेको

बैठकमा मुलत मुलुकको पछिल्लो समसामायिक घटनाक्रमको अलावा आन्तरिक एजेन्दा अन्र्तगत विघटित भ्रातृ संस्थाको पुनर्गठन, नियमावली संशोधन, कांग्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी समायोजन, भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको विधान संशोधन र मान्यता प्रदान, पार्टी विधानअनुसार अवधि समाप्त भएका भ्रातृ संस्था र जनसम्पर्क समितिबारे आवश्यक निर्णय लिने विषयमा छलफल हुँने बताइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।