शनिबार, बैशाख ८, २०८१

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि महासंघ दवावमूलक आन्दोलनमा

काठमाडौं साउन १६, नेपाल पत्रकार महासंघको श्रमजीवी हित प्रवद्र्धन समितिको आज बसेको बैठकले श्रमजीवी पत्रकार ऐन–२०५१ कार्यान्वयनका लागि दवावमूलक आन्दोलन शुरु गर्ने निर्णय गरेको छ ।

समितिका संयोजक रामप्रसाद दाहालको अध्यक्षतामा बसेको बैठकले आन्दोलनको क्रममा न्यूनतम पारिश्रमिक कार्यान्वयन र प्रेस पास नवीकरणमा देखिएको समस्याको समाधान खोज्न विभागसँग दरबन्दी विवरण बुझाएका र नबुझाएका सञ्चारगृहहरुको नाम सार्वजनिक गर्न दबाब दिनेसमेत निर्णय गरेको छ । साथै दरबन्दी नबुझाएका सञ्चार गृहलाई कानुनी रुपमा विवरण बुझाउन बाध्य पार्न दबाब सृजना गर्ने महासंघको तयारए रहेको जनाएको छ ।

त्यस्तै बैठकले दरबन्दी नबुझाएका सञ्चारगृहलाई कानूनीरुपमा विवरण बुझाउन बाध्य पार्न दबाब सिर्जना गर्ने, श्रमजीवी पत्रकार ऐन र न्यूनतम पारिश्रमिक लागू गराउन केन्द्रीय समितिको बैठक बसी आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गर्दै सञ्चारगृहमा रहेका न्यूनतम पारिश्रमिक लगायतका श्रमसम्बन्धी समस्याको लिखित, मौखिक, इमेल, ट्वीटर, फेसबुक, हुलाक आदिमार्फत र बेनामी उजुरी दिन समेत महासंघले आव्हान गरेको छ ।

बैठकमा महासङ्घका अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट, महासङ्घका उपत्यका प्रदेश समितिका अध्यक्ष एनके दाहाल, एशोशिएट प्रदेश समितिका अध्यक्ष केपी ढुङ्गाना, प्रतिष्ठान प्रदेश समिति अध्यक्ष शेखर अधिकारीलगायतको सहभागिता रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।