शनिबार, बैशाख ८, २०८१

लोकतन्त्र स्थापनाका सहयात्री कुनैपनि संस्थामाथि निषेध गर्ने कदम काङ्ग्रेसलाई अमान्य : कांग्रेस प्रवक्ता शर्मा

काठमाडौं साउन २३ , नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मुलुकमा लोकतन्त्र स्थापनाका लागि योगदान गरेका सहयात्री संस्थालाई निरुत्साहित र निषेध गर्ने कुनै पनि कदम काङ्ग्रेसलाई मान्य नहुने बताउँनु भएको छ । आज काँग्रेस मुख्यालमा आयोजित समसामायिक विषय केन्द्रीत पत्रकार सम्मेलनमा प्रवक्त शर्माले प्रस्तुत अभिव्यक्ति दिदै अनेकन परिपञ्चका साथ ट्रेड यूनियनलाई घुमाउरो ढंगले प्रतिवन्धित गर्ने नियतसंग सम्झौता गर्न नसकिने बताउँदै ट्रेड यूनियनलाइ व्यवस्थित र व्यवहारिक बनाउने विषयमा छलफल गर्न सकिने जनाउ दिनुभएको हो ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा रहेको ‘निजामति सेवाको गठन, संचालन र संवादका शर्त’ सम्बन्धी विधेयकको दफा १२० को उपदफा ६ लक्षित हुँदै उहाँले आधिकारिक ट्रेड यूनियन बाहेक अन्य कुनै पनि यूनियन वा निजामति कर्मचारीको समुहले आफ्ना हकहितका लागि माग समेत प्रस्तुत गर्न नपाउने व्यवस्था संविधानले प्रत्याभूत गरेको अधिकार विपरित रहेका बताउँनु भएको हो ।

साथै पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले गोंगवु बसपार्कको प्रकरणप्रति हाम्रो ध्यान गम्भीर ढंगले आकर्षित भएको बताउँदै जापान सरकारको सहयोगमा निर्मित बसपार्क शुरुवाती समयमा खुला, आकर्षक र व्यवस्थित थियो । अहिले त्यसभन्दा विपरीत बन्न पुगेको छ । जाइकासँगको सहमति भन्दा बाहिर गएर अनेक संरचना निर्माण गरिएको, १६० रोपनि जग्गा गलत नियतका साथ दुरुपयोग गरिएको भन्दै यसको निष्पक्ष  अनुसन्धान गरेर आवश्यक कार्वाही प्रकृया अघि बढाउन अख्तियारको वर्तमान नेतृत्वलाई सार्वजनिक अपिल समेत गरेको छ ।

सत्तारुढदल नेकपाले नेपाली कांग्रेसलाई हेर्ने दृष्टिकोणमा दृष्टिदोष रहेको बताउँदै उहाँले सत्तारुढ नेकपाको केन्द्रीय कार्यालय नियम र नैतिकता विपरीत सरकारी जग्गामा रहेको समाचारले नेपाली कांग्रेसलाई अचम्भित र दुःखीत तुल्याएको बताउँनु भएको छ । त्यस्तै उहाँले सत्तारुढदलले नैतिकतालाई थप लज्जित नबनाइयोस् भन्दै सरकारी जग्गाको भोगचलनसँग सम्बन्धित निति नियमको पालनामा स्वयं सत्तारुढ दलले गम्भीरता राख्दैन भने अरुका लागि उपदेश दिनु आफैमा त्यति सापेक्ष नहुँने भन्दै नेकपाले तत्काल सरकारी जग्गाबाट बाहिरिएर नीति, नियम र नैतिकतालाई थप लज्जित बन्नबाट जोगाउने अपेक्षा व्यक्त गर्नुभएको छ ।  त्यस्तैगरि बल प्रयोगबाट सत्ता हासिल गर्ने र सर्वहाराको अधिनायकवाद स्थापना गर्ने सपना देखेका कम्युनिष्ट पार्टीहरुलाई पनि यही मान्यता र मार्गमा प्रेरित हुँदै आएको बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।