मङ्लबार, बैशाख ४, २०८१

लामिछानेसहित ३ जनाउपर अनुसन्धानका लागि पाँच दिन म्याद थप

जिप्रका रअदालत परिसरमा समर्थकको प्रदर्शन

काठमाडौं साउन ३१,  पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन गरेको कसुरमा विहिवार पक्राउ परेका न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न म्याद थप गरेको छ ।

चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले पक्राउ गरेको दिनदेखि पाँच दिन म्याद थप गरेको हो । मुलुकको पछिल्लो कानुन अनुसार कानूनी प्रावधानअनुसार बढीमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिने व्यवस्था अनरुप जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राख्दै अनुसन्धान गर्ने तयारी रहेको बताईएको छ ।

यसैवीच लामिछानेका समर्थकले आज दिनभर जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत परिसरमा रिहाइको माग गर्दै प्रदर्शन गरेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।