शनिबार, बैशाख ८, २०८१

रोटरीको विश्वव्यापी मान्यता अनुरुप सेवाभावको क्षेत्रमा अग्रसर हुन डिस्ट्रिक गर्भनर श्रेष्ठको आग्रह

रोटरी क्लव अफ गोङ्गबुको चौथौं पदस्थापना : 

काठमाडौं साउन १८ ,  मानविय  र सामाजिक सेवाको  क्षेत्रमा  सक्रिय   अन्तर्राष्ट्रिय सामाजिक संस्था डिष्ट्रिक्ट ३२९२ अन्र्तगत रहेको रोटरी क्लव अफ गोङ्गबुको चौथौं पदस्थापना एक कार्यकावीच सम्पन्न भएको छ । रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ नेपाल भुटानका गर्भनर रोटरियन किरणलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न पदस्थापना कार्यक्रममा रोटरियन वर्ष २०१८/ ०१९का अध्यक्ष कविता मान्नधरले वर्ष ०१९/२० का लागि नयाँ अध्यक्षको जिम्मेवारीमा आउँनु भएका महेशकुमार बस्नेत नेतृत्वको कार्यसमितिलाइ कार्यभार हस्तान्तरण गर्नु भएको थियो ।

त्यस अवसरमा नयाँ अध्यक्षको जिम्मेवारी सम्हाल्दै गरेका क्लव अध्यक्ष बस्नेतलाइ डिस्ट्रिक ३२९२ नेपाल भुटानका गर्भनर रोटरियन किरणलाल श्रेष्ठले पद तथा गोपनियताको सपथ दिलाउँदै पदस्थापना गर्नु भएको  थियो । त्यसै अवसरमा नयाँ रोटरी सदस्यता ग्रहण गरेका सदस्यहरु समेतलाइ  सपथ दिलाएको थियो ।

कार्यक्रममा सपथ लिदै क्लव अध्यक्ष बस्नेतले आफनो कार्यकालमा रोटरी इन्टरनेशनलको मुल्य मान्यता अनुरुपका कार्य सम्पादन गर्दै क्लवको गरिमालाइ थप उच्च बनाउँने प्रतिवद्धता अभिव्यक्त गर्नु भएको थियो ।२०७२ बैशाख १२को  महाभूकम्पका कारण क्षतविक्षत भएको मकवानपुरस्थित ३ वटा आधारभुत शिक्षालयको पुर्नमान गर्दै स्थानीय वालवालिका तथा छात्र छात्राको शैक्षिक भविष्यको मार्गचित्रलाइ प्रसस्तगर्ने काम गरिएको जानकरी दिदै आगामी दिनमा पनि यी यस्तै रचनात्मक सेवाभाव सहितका काम कारवाहीलाइ निरन्तता दिदै कुनैपनि किसिमका विपद वा समस्याको समयमा रोटरी छ है भन्ने  जनमानसमा  छाप छोड्ने आफ्नो एकमात्र अभिष्ट रहेको बताउँनु भएको छ ।

यस्तो छ कल्व अध्यक्ष बस्नेत नेतृत्वको वोर्ड

त्यस्तै आफु नेतृत्वको २९ सदस्यीय क्लव तर्फबाट आफुले प्रारम्भिक शिक्षा आर्जन गरेको विद्यालयमा अध्यन्न गर्दै गरेको जेहेन्दार तथा विपन्न वर्गका छात्र छात्राको अभिभावकत्व ग्रहण गर्दै प्रत्येक पदाधिकारी र सदस्यहरुले सवैको लागि शिक्षा भन्ने मुल नारालाइ सार्थक बनाउँन बढिमा ५ जना नसके एक जाना विधार्थीको आव ०७६/ ७७ को लागत सम्पूर्ण खर्चको व्यवस्थापन गर्ने योजना बनेको समेत बताउँनु भएको छ ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथी डिस्ट्रिक गर्भनर रोटरियन किरणलाल श्रेष्ठले   सम्पूर्ण रोटरियनलाइ सेवाभावको क्षेत्रमा रोटरीले  अंङ्गिकार गर्दै आएको मुलभुत एजेन्दालाइ ध्यान दिदै कार्य सम्पादन गर्न आग्रह गर्दै क्लव अध्यक्ष बस्नेतको नयाँ सोच र जाँगरले प्रभावकारीरुपमा सफलता प्राप्त गर्ने विस्वास व्यक्त गर्नुभएको थियो । साथै उहाँले वातावरण, शिक्षा, स्वास्थ्य र समाज रुपान्तरणको क्षेत्रमा काम गर्न समेत आग्रह गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

त्यस्तै पदस्थापना कार्यक्रममा कार्यक्रममा यसअघिका क्लव अध्यक्ष कविता मान्नधरले आफ्नो कार्यकालमा सम्पन्न गरेको कार्यप्रपतिको जानकारी दिदै यसवीचमा सहयाृग गर्नुहुने सवैमा धन्यवाद ज्ञापन गर्दै अतिथी विहृष अतिथी लगायतका स सम्वद्ध सवैलाइ मायाको निचने प्रदान गर्नु भएको थियो । कार्यक्रममा रोटरी डिष्ट्रिक ३२९२ आवद्ध पिडिजीहरु तिर्थमान शाक्य, केशव कुँवर ,जय शाह र आइपिडिजी चिन्तामणि भटटराइ सहित अन्य विभिन्न तह र तप्काका जिम्मेवार अफिसर सहित पदाधिकारीको उपस्थिती रहेको प्रस्तुत कार्यक्रममा RTN सुदिप बस्नेतले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन RTN अनुज श्रेष्ठले गर्नु भएको थियो ।