शुक्रबार, चैत्र १६, २०८०

रु २५ हजार घुस लिएको अभियोगमा सबइञ्जिनीयर श्रेष्ठ पक्राउ

काठमाडौ भाद्र २ , बनेपा नगरपालिका–११ का सबइञ्जिनीयर आकाश श्रेष्ठ पक्राउ परेका छन । भूकम्पपीडितको किस्ता निकासीका लागि स्थलगत निरीक्षण प्रतिवेदन तयार पार्ने क्रममा सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतवार भूकम्पपीडितको किस्ता निकासीका लागि स्थलगत निरीक्षण प्रतिवेदन तयार पार्ने क्रममा सेवाग्राहीसँग रु २५ हजार घुस लिएको अभियोगमा सबइञ्जिनीयर श्रेष्ठलाइ पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाद्दारा जारी विज्ञप्तिमा भूकम्पले क्षति भएको घर निर्माणका लागि सरकारले प्रदान गरेको राहतको किस्ता निकासीका लागि सेवाग्राहीसँग रु २५ हजार घुस मागेको भन्ने सूचनाको आधारमा अनुसन्धान गर्दा आयोग टोलीले सबइञ्जिनीयर श्रेष्ठलाई बनेपास्थित दी किचन भान्साघरबाट आज पक्राउ गरेकोे उल्ल्ेख गरिएको छ ।

त्यस्तै आयोगद्दारा जारी अर्को विज्ञप्तिमा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र टेकुका जनस्वास्थ्य अधिकृत रामअवतार गुप्तासमेत दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  बोलपत्रमार्फत स्वास्थ्य सन्देशमूलक विज्ञापन प्रकाशन र प्रसारण गरेबापत एक सेवाग्राहीसँग रु १ लाख घुस डा भक्तबहादुर केसीको समेत मिलेमतोमा लिएको उल्लेख गरिएको छ । त्यस्त आरोपीद्वयलाई जनही रु एक लाख बराबरको बिगो असुल गरी हदैसम्मको कारवाहीको माग सहित आइतवार मुद्धा दायर गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।