शुक्रबार, चैत्र १६, २०८०

राज्यप्रदत महिला हकाधिकारलाई सञ्चारमाध्यममार्फत उजागर गर्न आवश्यक :मन्त्री थापा

काठमाडौं भाद्र १२, नेपाल पत्रकार महासंघ, महिला समितिले तीज पर्वको अवसरमा आज महिला नेतृत्व र सञ्चार विषयक अन्तरक्रिया इवम् शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले राज्यले महिलाका निम्ति प्रदान गरेको हक अधिकारलाई सञ्चारमाध्यममार्फत उजागर गर्नुपर्ने धारणा अभिव्यक्त गर्दै महिलाको आवाज मुखरितका लागि सञ्चारका माध्यमले सहयोग गर्नु पर्ने बताउँनु भएको छ । साथै उहाँले त्यसअवसरमा राज्यलाई यथार्थ विषयमा झक्झक्याउन तथा जनतालाई सही सूचना दिनसमेत पत्रकारलाई आग्रह समेत गर्नु भएको छ ।

त्यस्तै कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले संविधानले व्यवस्था गरेको महिला अधिकारलाई स्थापित गर्न महिला पत्रकारको भूमिका महत्वपूर्ण रहने बताउँनु भएको छ ।  त्यस्तै पूर्व मन्त्री तथा समाजबादी पार्टीकी नेतृ हिसिला यमीले महिला गतिशिलताका आधारमा सबैभन्दा बढि क्रियाशिल महिला पत्रकारहरु नै रहेको भन्दै समाजमा रहेको विकृति विसंगतिलाई उजागर गर्न आवश्यक रहेको  बताउँनु भएको उक्त कार्यक्रममा राष्ट्रियसभा सांसद धना खतिवडा , ३ नं प्रदेश समिति सांसद अञ्जली श्रेष्ठ, नेकपा केन्द्रीय समिति सदस्य रेणु चन्द, राष्ट्रिय प्रजातन्त्र पार्टिकी नेतृ मिना भेटवाल लगायतले आआफनो अभिमत प्रस्तुत गर्नु भएको थियो ।

नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष दिलीप थापामगरले संविधानले दिएको प्रेस स्वतन्त्रतासम्बन्धी अधिकार विपरीत सरकारले सञ्चारसम्बन्धी विधेयक ल्याएको भन्दै आपत्ति जनाउनुभयो । नेपाल पत्रकार महासङ्घ, महिला समिति संयोजक लक्ष्मी पुन, केन्द्रीय सदस्यद्वय सृजना अर्याल र जानुका बरालले महिला पत्रकारको क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।