शुक्रबार, बैशाख ७, २०८१

राजश्व वक्यौता नबुझाएपछि हेलो नेपालको अनुमति खारेज

काठमाडौं भाद्र २, नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनी हेलो नेपालले पटकपटकको सम्पर्क पछि पनि दूरसञ्चार प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता रकम बुझाउँन अटेर गरेको जनाउँदै हेलो नेपाल अनुमति पत्र खारेज गरेको छ ।

प्राधिकरणलाइ दूरसञ्चार सेवा प्रदायकको अनुमति प्राप्त गरेयता बुझाउँनु पर्ने ७९ करोड ९२ लाख राजस्व वक्यौताको पहिलो किस्ता रु ७ करोड भाद्र १ गतेसम्म बुझाउन  भने पनि पहिलो किस्ताको रकम नबुझाएपछि अनुमति पत्र खारेज गरेको प्राधिकरणले जनाएको छ ।

यसअघि प्राधिकरणको बोर्ड बैठकले हेलो नेपाललाई भाद्र १ गतेसम्म रु सात करोड र त्यसपछि तीन महीनाभित्र बक्यौता सबै रकम बुझाउन निर्देशन दिएको थियो । तर प्राधिकरणको निर्देशनको सुनवाइ नगरेको जनाउँदै यस किसिमको निर्णय लिन बाध्य भएको जानारी दिएका छन ।

यद्यपीअनुमतिपत्र खारेज गर्ने प्राधिकरणको निर्णय चित्त नबुझेमा दूरसञ्चार ऐन बमोजिम ३५ दिनभित्र उजुरी दिन सक्ने छ । त्यसरी परेको उजुरीमा सरकारबाट भएका निर्णय नै अन्तिम हुने व्यवस्था रहेको बताईएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु