बिहिबार, चैत्र १५, २०८०

रवि लामिछानेका समर्थक प्रहरी बीच झडप, ५ समर्थक पक्राउ

काठमाडौ साउन ३२ ,पत्रकार शालिकराम पुडासैनी आत्माहत्या प्रकरणमा मुछिएका रवि लामिछानेका समर्थक प्रहरी बीच झडप भएको छ ।लामिछानेको रिहाईका लागि भएको प्रदर्शनको क्रममा समर्थक र प्रहरीवीच झडप भएको हो । झडप नियन्त्रणको क्रममा प्रहरीले ५ जना समर्थकलाई पक्राउ गरेको छ ।

प्रहरीले अपराधसंहिता २०७४ अनुसार अपराधका लागि दुरुत्साहन गरेको प्रमाणको आधारमा पुडासैनी मृत्यु प्रकरणमा प्रहरीले लामिछानेसहित ३ जनालाई बिस्तृत अनुसन्धान थालेको छ । कुनै पनि व्यक्तिले मर्नुअघि दिएको बयानलाई कानुनी आधार मान्ने व्यवस्था रहेको छ ।

त्यस्तै प्रस्तुत प्रकरणमा प्रहरीसंग अन्य प्रमाण पनि रहेको बताउँदै गर्दा अनुसन्धानको क्रममा भएको प्रदर्शनले अनुसन्धानलाइ प्रभावित पार्ने भएकोले प्रदर्शन आफैमा न्यायेचित नभएको सम्वद्ध विज्ञहरुको भनाइ रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।