शुक्रबार, चैत्र १६, २०८०

रजत वर्षको अवसरमा कोरियामा मंगोलियन हर्टको लाइभ कन्सर्ट

काठमाडौं भाद्र ४ , नेपाली गित संगितको क्षेत्रमा चिरपरिचित साङ्गेतिक समूह मंगोलियन हर्टको लाइभ कन्सर्ट तथा सांगीतिक धमाका २०१९ हुने भएको छ ।  लाइभ कन्सर्ट मंगोलियन हर्ट व्याण्ड स्थापना कालको रजत वर्ष अर्थात २५ वर्ष पुगेको अवसरमा रामेछाप सम्पर्क समिति, दोलखाली समाज र सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गर्न लागेको हो ।

सेप्टेम्वर १२ मा कोरियामा आयोजना हुने प्रस्तुत कार्यक्रमको आयोजना सम्बन्धमा पत्रकार सम्मेलनमार्फत पोस्टर सार्वजनिक एवम् एवम् कार्यक्रमको महत्व, आबश्यकता र तयारीका बारेमा जानकारी दिदै आयोजक समितिले कार्यक्रम मार्फत प्राप्त हुने आम्दानी नेपालको दुर्गम भेगको शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गरिने रामेछाप सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष रबि प्रताप घिसिङ्गले जानकारी दिनु भएको छ ।

त्यस्तै कार्यक्रममा मंगोलियन हर्ट ब्याण्डसँगै भ्वाइस अफ नेपालको जर्ज तथा चर्चित रक गायिका आस्था राउत, मोडेल तथा चर्चित डान्सर अन्जली अधिकारी, चर्चित लोक तथा दोहोरी गायक प्रकाश कटुवाल, नेपाल आइडल सिजन १ सेकेन्ड रनरप गायक प्रताप दासले समेत आफ्नो प्रस्तुति दिने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।