शुक्रबार, चैत्र १६, २०८०

यस्तो छ मंसिर १४ गते सम्पन्न हुँने उपनिर्वाचनको मतदाताको आधार

काठमाडौ साउन १९, आगामी मङ्सिर १४ गते ३७ जिल्लाका ५० पदका लागि हुने उपनिर्वाचन प्रयोजनका लागि साउन १६ गतेसम्म १८ वर्ष उमेर पूरा भएका व्यक्ति मात्र योग्य मतदाता हुने जनाएको छ ।

त्यस्तै आयोगले साउन १७ गतेको बैठकबाट उपनिर्वाचन हुने जिल्लामा मतदाता नामावली ऐनअनुसार जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा सञ्चालन भइरहेको मतदाता नामावली दर्ता कार्यलाई अर्को निर्णय नभएसम्मका लागि स्थगन गरिएको जानकारी दिदै साउन १६ गतेसम्म सङ्कलन भएका मतदाताको विवरण अद्यावधिक गरी उपनिर्वाचन प्रयोजनका लागि आयोगमा पठाउन सर्कुलर गरिसकेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।