शुक्रबार, चैत्र १६, २०८०

मौजुदा पत्रकार आचारसंहितामा समयसापेक्ष संशोधन ,सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालको प्रयोगमा समेत कडा नियमन

काठमाडौं भाद्र १४ , नेपाली पत्रकारिता जगतमा पछिल्लो समय मौलाउँदै आएको विकृति निवारणको लागि प्रेस काउन्सिल र पत्रकार महासंघले मौजुदा आचारसंहितामा समय सापेक्ष संशोधन गरेका छन् ।

आगामी असोज ६ गतेबाट लागू हुने बताईएको उक्त आचारसंहितामा सञ्चारमाध्यम माधत्र नभइर सामाजिक सञ्जालको प्रयोगमा समेत सजग गराउँदै  नयाँ तथा समयसापेक्ष नियमन कारवाहीको प्रावधानको व्यवस्था गरिएको बताईएको छ ।

केहि समय यता सामाजिक सञ्जाल,युट्यु च्यानल र ब्लग देखि सवैखालका सञ्जालमा सनसनीपूर्ण तर, अफवाह फैलाउने सामाग्री सामाजिक सञ्जालमा शेयर गर्ने प्रवृत्तिसंगै अराजकताले प्रशय पाउँन थालेपछि सामाजिक सञ्जालको प्रयोगमा समेत नियमनका लागि नयाँ आचारसंहिताको आवश्यकता महसुस गरिएको हो ।

त्यस्तै कार्यान्वयनमा आउँन् लागेको नयाँ आचारसंहितामा पत्रकार तथा सञ्चारमध्यमले सामाजिक सञ्जालमार्फत प्रवाह गर्ने समाचार, विचार र सूचना वा जानकारीहरु सत्य तथ्यपूर्ण, सन्तुलित र मर्यादित हुनुपर्ने र पत्रकारले स्वयमले पनि अमर्यादित र अपुष्ट कुराहरुलाई प्रवाह गर्दा सर्वसाधारण भ्रम सिर्जना हुने जस्ता सामाग्री प्रकाशन गर्न नपाइने लगायतका व्यवस्था भएको बताईएको छ ।

नियमक निकाय काउन्सिलको निर्णय वा निर्देशन अवज्ञा गर्दै सञ्चारमाध्यमले आचारसंहिता गम्भीर उल्लंघन गरी एक अनलाइन मिडियामा प्रकाशित समाचार वा सामाग्री साभार गर्ने तर, स्रोत नखुलाउने प्रवृत्ति देखि निहित स्वार्थका लागि कसैको चरित्र, सामाजिक प्रतिष्ठामा आघात पु¥याउन नियोजित समाचार सम्प्रेषण गर्ने जस्ता विकृतिलाइ पूर्णत निरुत्साहित गर्ने प्रावधानको व्यवस्था नयाँ आचार सहिताले गरेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।