बिहिबार, चैत्र १५, २०८०

मानव बेचबिखन कार्यमा सङ्लग्न गिरोहका आधादर्जन व्यक्ति पक्राउ

काठमाडौ भाद्र १०, मानव बेचविखन अनुसन्धान ब्यूरोको टोलीले ‘जर्नी टु अस्ट्रेलिया’ नामक फेसबुक पेज आकर्षक रोजगारी र अध्ययनको प्रलोभनमा मानव बेचविखन गर्ने गिरोहका आधा दर्जन समूहलाइ पक्राउ गरेको छ ।

ब्यूरोले मानव बेचविखन गर्ने गिरोहमा भारतका पुरुषोत्तम लाल, दोलखाका शशी लामा भन्ने शशीकुमार तामाङ, पोखराका डोलेन्द्र कार्की, पर्वतका शिव शर्मा, काभ्रेका अस्मिरा चौलागार्इं र काभ्रेकै अर्जुन कार्कीलाई विभिन्न मितिमा पक्राउ गरि सोमवार सार्वजनिक गरेको हो ।

त्यस्तै ब्यूरोका अनुसार आकर्षक तलब र अध्ययनको प्रलोभनमा पारेर पक्राउ परेका गिरोहले प्रतिव्यक्ति रु १५ देखि २० लाख ठगी गरेको अनुसन्धानमा खुलेको जानकारी दिदै पीडितलाई पर्याप्त खाना समेत नदिएर बन्धक बनाइ कुटपीट गरी आर्थिक, शारीरिक तथा मानसिक शोषण गरेको ब्यूरोले जनाएको छ । साथै प्रस्तुत घटनामा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको जनाउँदै पक्राउ परेकालाई मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार अनुसन्धान तथा कारबाही गरिने ब्यूरोले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।