शुक्रबार, बैशाख १४, २०८१

महिलाले आफुमा निहित शिपलाइ उद्यममा रुपान्तरण गर्न आवश्यक: सासंद शाक्य

काठमाडौ भाद्र ७,   नेपाल महिला चेम्बरद्दारा राजधानीमा आयोजित दोस्रो तीज व्यापार मेला–२०७६ को शुक्रवार एक कार्यक्रमकावच प्रदेश न ३ की सांसद अष्टलक्ष्मी शाक्यले गर्नु भएको छ ।

कार्यक्रमको उद्घाटनसत्रमा सासंद शाक्यले महिलाको वृतिविकासका लागि उद्यम एक महत्वपूर्ण पक्ष भएको बताउँनु भएको छ । त्यस्तै उहाँले यसका लागि महिला स्वयम जागरुक हुनपर्नेमा जोड दिदै महिलाले सञ्चालन गर्ने कुनैपनि किसिमको उद्योग दर्तामा समेत बिशेष छुटको ब्यवस्था गरिएको बताउँदै प्राप्त सुविधाको प्रयोग गर्दै आफुमा निहित शिपलाइ उद्यममा रुपान्तरण गर्न आग्रह गर्नु भएको छ ।

त्यस्तै, नेपाल महिला चेम्बरका अध्यक्ष उर्मीला श्रेष्ठले महिला सशक्तीकरणका लागि प्रस्तुत मेलाको आयोजना गरिएको जानकारी दिदै दुइ दिने मेलामा महिलाले आफैँले उत्पादन गरेको सामाग्री विक्री वितरणका का ५० कक्ष रहेको जानकारी दनु भएको छ ।  कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका कार्यवाहक अध्यक्ष राजेन्द्र मल्लले नेपाल महिला चेम्बरले महिलाको आर्थिक सशक्तिकरणमा पुर्याउदै आएको योगदानको तारिफ गर्दै नेपाल चेम्बर अफ कमर्शले महिला उद्यमीहरुको बृत्ति विकासका लागि आवश्यक पहलकदमी लिदै आएको बताए ।

त्यस्तै मेलामा हस्तकलाका सामाग्री, सजावटका सामान,  खाद्य सामाग्री, कस्मेटिकका सामाग्री आदी बिक्रीका लागि राखिएको छ भने ५० हजारभन्दा बढी मानिसले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।