शनिबार, बैशाख ८, २०८१

महानगर प्रमुख विद्यासुन्दर शाक्य समेतको सहभागीतामा बुधवार पञ्चदान पर्व मनाईंयो

 अनुप प्रधान / काठमाडौ भाद्र १२,  बौद्ध संस्कृतिअनुसार प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन मनाउने पञ्चदान पर्व बुधवार मनाइएको छ । पञ्चदान पर्वका दिन आँगन, वहाः, वहीमा दिपंकर बुद्ध, करुणामय आदिको मूर्ति सजाई चुडाकर्म गरेका शाक्य, बज्राचार्य र बुद्धाचार्यलाई चामल, धान, गहुँ, नुन, सानो केराउ, कालो भटमास, कुचो, तेल, खीर, दूध, दक्षिणा आदि दान दिन परम्परा रहिआएको  छ । साथै यसरी पञ्चदान लिने र दिने दुबै कार्य भविष्यमा निर्वाण प्राप्त हुने विश्वास सहित यो पर्व मनाइने गरेको बताइन्छ ।

यसैक्रममा काठमाडौंको स्वयम्भू महाचैत्यमा बुधवार दान दिने र लिनेको ठूलो भीड लागेको थियो । त्यस्तै राजधानीको ठमेलस्थित विभिन्न वहाः, वहीमा आयोजित पञ्चदान पर्वमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य समेत प्रत्यक्ष सहभागी हुदै पञ्चदान लिनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।