बिहिबार, बैशाख १३, २०८१

भिडियो कन्फ्रेरेन्समार्फत बैठक गर्न सक्ने व्यवस्था सहित म.प. बैठक सञ्चालन कार्यविधि संशोधन

स्वास्थ्य उपचारका लागि प्रम ओली आज सिंगापुर जाँदै’

काठमाडौ भाद्र ५,  प्रधानमन्त्री केपी ओली नियमित स्वास्थ्य उपचारका लागि आज सिंगापुर जाँदैछन् । प्रमको निजी सचिवालयलाइ उदृत गर्दै प्राप्त जानकारीमा उल्लेख भएअनुसार प्रम ओली दिउसो १ बजे सिंगापुर जाने कार्यक्रम रहेको बुझिएको छ ।

समाचार स्रोतका अनुसार चिकित्सकको सुझावअनुसार बिहीबार स्वास्थ्य फलोअपका लागि पुनः सिङ्गापुर  जान लाग्नु भएको प्रम ओलीको उपचारको समयसिमामा यसपटक केहि समय लाग्ने निजी चिकित्सकहरुले बताएसंगै प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार  साँझ बसेको मन्त्रिपरिषद्ले बैठक मप बैठक सञ्चालन विधि संशोधन गर्दै भिडियो कन्फ्रेरेन्समार्फत बैठक गर्न सक्ने व्यवस्था समेत गरेको बुझिएको छ ।

यसअघि प्रम ओली गत साउन १८ गते सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराई साउन २७ गते स्वदेश फर्कनुभएको थियो । तर यस वीचमा प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको सुझावअनुसार बिहीबार स्वास्थ्यफलो अपका लागि पुनः सिङ्गापुर  जान लाग्नु भएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।