शुक्रबार, चैत्र १६, २०८०

भिडियो कन्फ्रेन्समार्फत मप बैठक सञ्चालन प्रक्रियाप्रति काँग्रेसको असहमति

काठमाडौं भाद्र १०,  संघीय संसदका प्रमुख विपक्षीदल नेपाली काँग्रेसले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठकको आयोजना गर्नु भनेको विधिको शासनविपरीत भएको भन्दै आपत्ति प्रकट गरेको छ ।

प्रतिनिधिसभाको आज बसको बैठकको प्रारम्भमै काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रविधिको प्रयोग गर्नु राम्रो पक्ष हो यद्यपी मन्त्रिपरिषद् सञ्चालनसम्बन्धीकार्यविधि संशोधन गर्दै भिडियो कन्फ्रेन्समार्फत बैठक गर्नु किमार्थ राम्रो पक्ष होइन भन्दै भिडियो कन्फ्रेन्समार्फत बैठक सञ्चालन गर्ने ।गरि गरिएको एको कार्यविधि संशोधन फिर्ता लिन सरकारसँग माग गरेको छ ।

 

त्यस्तै प्रम विदेशमा भएको भन्दै उहाँको कार्यभार सम्हाल्ने व्यवस्थाअनुसार कार्यभार तोकिएको जानकारी सभामुखले संसद्लाई गराउँने अर्कोतर्फ उहाँकै अध्यक्षतामा भिडियो कन्फ्रेन्सबाट बैठक सञ्चालन गर्नुठीक नभएको बताउँदै प्रधानमन्त्री अध्यक्षतामा भिडियो कन्फ्रेन्सबाट बैठक बस्दा कार्यभार तोकिनुको अर्थ के रह्यो भनी प्रश्न गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।