शुक्रबार, बैशाख ७, २०८१

भिडियो कन्फ्ररेन्स मार्फत मप बैठक भएको भन्दै गरिएको टिकाटिप्पणी वेतुकको तर्क: प्रवक्ता बाँस्कोटा

काठमाडौ भाद्र १२,  प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस लगायतका दलले भिडियो कन्फ्ररेन्समा मप बैठक सञ्चालन गरेको भन्दै सडक देखि सदनसम्मा यसको विरोध गर्दै सरकारको चर्को आलोचनागरेसंगै प्रतिनिधिसभाको आज बैठकमा सभामुखसँग विशेष समय लिएर बोल्दै सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सिङ्गापुरमा उपचारारत रहनुभएका प्रधानमन्त्री केपी ओली र मन्त्रिपरिषद् सदस्यबीचको भिडियो कन्फ्ररेन्स मार्फत भएको संवादलाइ मन्त्रिपरिषद् बैठक भन्दै गरिएको टिकाटिप्पणी आफैमा वेतुकको तर्क भएको बताउँनु भएको छ ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले भिडियो कन्फ्ररेन्स प्रविधिको उच्चतम् प्रयोग गर्दै प्रम संग संवाद भएको हो तर प्रस्तुत संवादलाइ मप बैठक भन्दै गरिएका अनावश्यक टिकाटिप्पणी प्रति कुनै सत्यता नभएको र कुनै नितिगत निर्णय नभएकाले अनाहकमा लआत्तिलन आग्रह गर्नुभयो ।

साथै भिडियो कन्फ्ररेन्स प्रविधि मन्त्रिपरिषद् बैठक नभएको प्रष्टोक्ति दिदै नेकपाको सरकार देश र जनताप्रति उत्तरदायि रहेको बताउँदै भिडियो कन्फ्ररेन्स भएकै दिनमा सञ्चारकर्मीलाई जानकारी दिईएपनि प्रेषित जानकारीलाइ गलत प्रारुपमा प्रचार गरिएको जनाउ दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु