मङ्लबार, बैशाख ११, २०८१

भारत सरकारले दियो पुनःनिर्माणका लागि नेपाललाइ रु दुई अर्ब ४५ करोड

काठमाडौं भाद्र ४ , नेपाल–भारत संयुक्त आयोगको ५औं  बैठकमा सहभागी हुन आउँनु भएका भारतीय विदेशमन्त्री डा एस जयशङ्करले आज बैठकको सुभारम्भ सत्रमा ०७२ सालको महा भूकम्पपछिको पुनःनिर्माणका लागि भारत सरकारले अनुदान सहयोग रु २ अर्ब ४५ करोडको चेक नेपाल सरकारलाइ हस्तान्तरण गरेको छ ।

विदेशमन्त्री जयशङ्कर र नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको उपस्थितिमा पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई नेपालका लागि भारतका राजदूत मञ्जिवसिंह पुरीले उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो । त्यसैक्रममा हुलाकी राजमार्ग निर्माणका लागि रु ८१ करोडको चेक समेत नेपाल सरकारलाई उपलब्ध गराईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।