शुक्रबार, बैशाख १४, २०८१

भक्तपुर हरियाली अभियानका लागि बृक्षरोपण

हनुमन्ते सफाइ अभियानले मानिसको मन पनि सफा गरेको सासंद बस्नेतको टिप्पणी

भक्तपुर साउन १९ /रामचन्द्र प्रजापति,  हरियाली भक्तपुरका लागि हनुमन्ते सफाइ अभियानको ७५औँ हप्ताका अवसरमा सूर्य्विनायक नगरपालिका र वातावरण विभागले बृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।  शनिवार कार्यक्रमकको शुभारम्भ सत्रमा वोल्दै वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले सरकारले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सार्थक बनाउन भक्तपुर नमूनाका रुपमा अगाडि बढेको बताउनुभएको छ । साथै उहाँले देश र जनताको धेरै आकांक्षा र आवश्यकता रहेकोले देश निर्माणका कार्यहरूमा सबैको सहभागिता हुनुपर्ने बताउनु भएको थियो ।

त्यस्तै कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको मनोहरा पुलदेखि सूर्यविनायकसम्म हरियाली क्षेत्र बनाउने अभियान आजबाट शुरु भएको बताउँदै भक्तपुरबाट ईटा भट्टा हटाएर ईटा भट्टा मुक्त, खानेपानीको मूल सफाई गरि भक्तपुरलाइ स्वच्छ सफा शान्त बनाउने अभियानमा सहभगाी बन्न सम्वछ सवैलाइ आग्रह गर्नु भएको छ ।

साथै उहाँले हनुमन्ते सफाइ अभियानले मानिसको मन पनि सफा गरेको टिप्पणी गर्दै अभियानको विरोध गर्नेहरु आज क्रमिक रुपमा भक्तपुरको विकास र समृद्धिमा सामेल हुने क्रम बढेको समेत बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।