बिहिबार, बैशाख ६, २०८१

भक्तपुर मालपोत कम्प्युुटर अधिकृतद्वारा पत्रकारमाथि दुर्व्यवहार

भक्तपुर साउन २८  ,लगातार दुई दिनदेखि भक्तपुर मालपोतमा भएको सर्भर डाउन र कर्मचारी अभावका कारण सेवाग्राहीले सास्ती खेप्नु परेको रिपोर्टिङ गर्न गएका पत्रकार सुशिलबन्धु थापालाई मालपोतको कम्प्युुटर अधिकृत शिबराज पोखरेलले दुव्र्यवहार गरेका छन् ।

सेवाग्राहीहरुको आग्रहमा मालपोत कार्यालयमा सर्भर डाउन भएको रिपोर्टिङ गर्न पुगेका भक्तपुर न्यूज डटकमका प्रतिनिधि थापा, कान्तिपुर टेलिभिजनका भक्तपुर प्रतिनिधि सुन्दर सिल्पकार, न्युज २४ टेलिभिजनका भक्तपुर प्रतिनिधि रामगोपाल तमखु र हिमालय टेलिभिजनका भक्तपुर प्रतिनिधि मोहन बल्ल रिपोटिङको लागि मंगलबार मालपोत कार्यालय भक्तपुर पुगेका थिए ।

कार्यालयमा समाचार संकलनको दुश्य खिचिरहेका पत्रकार थापामाथि कम्प्युुटर अधिकृत पोखरेलले दुव्र्यवहार गरेका हुन् ।सूचना अधिकृत महेश अधिकारीसँग स्विकृति लिएर कम्प्युटर फाँटमा दृश्य खिचिरहेको अवस्थामा एकाएक आएर उनले दुव्र्यवहार गरेको हा । यद्यपी उनको दुव्र्यवहार पश्चात सूचना अधिकृत अधिकारीले माफि समेत मागेका थिए ।

कम्प्युुटर फाँटमा रहेका छ कर्मचारी मध्ये दुई कर्मचारीको सरुवा भएको, एक कर्मचारीले राजीनामा दिएको र बाँकी तीन कर्मचारी त्यसमा पनि हिजो देखि नै सर्भर डाउन भएपछि सेवाग्राहीहरु मर्कामा परेका भक्तपुर मालपोतले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु