शुक्रबार, चैत्र १६, २०८०

बौद्धमा मनाइयो आज गाईजात्रा

काठमाडौ साउन ३२.  कुनै पनि देशको संस्कृति, त्यहाँको जनजीवन र रहनसहन बारे त्यस देशमा मनाइने विभिन्न चाडपर्व, मेलापात, जात्रा तथा परम्पराहरूले उजागर गरेको हुन्छ । परम्परागत रुपमा मनाइने जुन जात्रा ठाउँ, जातजाति, धर्म, समुदाय र परिवारहरूमा समेत फरकफरक र विविध प्रकार हुँने गर्दछ । यसैक्रममा राजधानीस्थित बौद्ध क्षेत्रमा आज रोपाइँजात्रा मनाइएको छ । प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट अर्थात् भाद्र कृष्ण द्वितीयाका दिन बौद्ध क्षेत्रमा रोपाइँजात्रा मनाउने प्रचलन रहिआएको छ ।

बौद्धनाथ क्षेत्र विकास समितिको संयोजनमा स्थानीय संघसंस्थाको सहभागितामा सम्पन्न प्रस्तुत जात्रामा सांस्कृतिक झाँकी, बाजागाजासहित उपस्थित लाठे, रोपाहारलगायत कलाकारले प्रदर्शन गरेका थिए ।

यसैवीच जात्रामा उत्कृष्ट प्रदर्शन गर्नेलाई सांसद कृष्ण राईले पुरस्कार वितरण गर्दै बौद्ध क्षेत्रका मूर्त एवं अमूर्त संस्कृति संरक्षण अभियानमा निर्वाह गर्दै आएको भूमिका महत्वपूण रहेको बताउनुभएकोे उक्त कार्यक्रममा समितिका अध्यक्ष चन्द्रमान लामा, कार्यकारी निर्देशक वसन्त लामालगायतको उपस्थिती रहेको थियो ।   फोटो : Tamang Moonmoktan

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।