शनिबार, बैशाख ८, २०८१

प्रम ओलीबाट संसदमा प्रतिनिधित्व गर्ने दलको सर्वदलीय बैठक आव्हान

काठमाडौं भाद्र ३,  प्रधानमन्त्री केपी ओलीले आज अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिको सर्वदलीय बैठक आव्हान गरेका छन ।

प्रधानमन्त्री ओलीले बैठकमा मुलत सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिहरूको छानविनसम्बन्धी आयोग गत फागुनदेखि पदाधिकारीबिहीन रहेदै आएको अवस्थालाइ दृष्टिगत गर्दै संक्रमणकालीन न्याय निरुपण सम्बन्धी विवाद समाधानका लागि दलहरुको धारणा बुझ्ने प्रयास अनुरुप यस किसिमको बैठक वोलाउन भएको बताईएको छ ।

त्यस्तै पदाधिकारीबिहीन आयोगमा पदाधिकारी छनौटको विषयमा प्रमुख दलहरुबचि सहमति जुटाउँन समेत बैठक प्रभावकारी हुने प्रम सचिवालयको निष्कर्ष रहेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।