शनिबार, बैशाख ८, २०८१

पौडी खेलाडी सैयदको राष्ट्रिय किर्तिमान

काठमाडौ भाद्र ८,  नेपाल्का चर्चित पौडीवाज सैयद हम्ज़ा शाहले अन्तराष्ट्रिय पौडी महासंघको आयोजनामा हंगेरी को बुडापेस्स्टमा संचालन भईरहेको ७ औ फिना विश्व जुनिअर पौडी प्रतियोगितामा २ वटा नयाँ राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएका छन्।

नेपाली खेलाडी हम्ज़ाले १०० मिटर बटर फ्लाईमा आनन्द लेप्चा ले सन् १९८९ मा बनाएको १: ०३ : ४३ मिनेटको राष्ट्रिय किर्तिमानलाइ तोडेका छन।उनले १ : ०१: २२ मिनेटले तोड्दै आफ्नो नाममा सो कीर्तिमान राख्न सफल भएको हो ।

प्रतिस्पर्धात्मक रहेको प्रस्तुत प्रतियोगितामा हम्जले उत्कृष्ट प्रदर्शन गर्दै  ५० मिटर बटर फ्लाई २७: ५५ सेकेन्ड मा पुरा गरि नयाँ राष्ट्रिय किर्तिमान कायम गर्दै खेलको माध्यम द्वारा नेपाललाई चिनाउन पाएकोमा  निकै खुसी देखिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।