शनिबार, बैशाख ८, २०८१

पत्रकार अधिकारीको निधनप्रति दुःख व्यक्त

काठमाडौ भाद्र १ , नेपाल पत्रकार महासङ्घले रुपन्देही शाखाका सदस्य डायलसन अधिकारीको सवारी दुर्घटनामा परी निधन भएको दुःखद खबरले महासंघ स्तब्ध भएको जनाएको छ ।

कार्य सम्पादको क्रममा रुपन्देहीबाट विराटनगरतर्फ जाँदै गर्दा ४२ वर्षीय अधिकारी चढेको बा१६च २२३५ नंको जीप सप्तरीको कच्नरुप गाउँपालिकामा शनिबार दुर्घटना उहाँको निधन भएको हो ।

महासङ्घले आज जारी गरेको शोक विज्ञप्तिमा स्व अधिकारीप्रति श्रद्घाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना एवम शोकसन्तप्त परिवारजनमा   समवेदना व्यक्त   गर्दै पत्रकार अधिकारीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र ऊर्जाशील युवा पत्रकार गुमाएको महासङ्घले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।