शुक्रबार, चैत्र १६, २०८०

नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौंको अध्यक्षमा अरबिनमान

काठमाडौं भाद्र ८  , शनिवार सम्पन्न नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं शाखाको तेश्रो अधिवेशनले अरबिनमान सिंको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ ।   नव निर्वाचित कार्यसमितिको उपाध्यक्ष, सचिव, महिला सहिसचिव   र कोषाध्यक्षमा क्रमस प्रविण डंगोल रत्न महर्जन , शरण डंगोल, विनिता शाही राजेन्द्र मानन्धर रहेका छन   ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा बिमला मानन्धर, शैलेस डंगोल, रेखा शाक्य, किचः सिंह, राजेन मानन्धर, रोजिता बुध्दाचार्य, सहयोग रंजित, बिजय सिं र मनोजरत्न शाही चयन भएका छन ।

यसअघि दवूको उद्घाटनसत्रमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, ३ नं. प्रदेशका सभासद राजेश शाक्य तथा जीवन डंगोल, नेपाल कला प्रज्ञाप्रतिष्ठानया उपकुलपति तथा  फोटो पत्रकार गोपाल चित्रकार, नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष श्री कृष्ण महर्जनलगायतले अधिवेशन सफलताको शुभकामना दिदै पत्रकारको हकहितका सवालमा अपनाइनुपर्ने नितिगत अभिव्यक्ति दिनु भएको थियो ।

शाखाका अध्यक्ष नातिकाजी महर्जनको सभापतित्वमा भएको सो कार्यक्रममा सचिव प्रजित शाक्यले शाखाको प्रगति विवरण र कोषाध्यक्ष राजेन्द्र मानन्धरले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।