मङ्लबार, बैशाख ११, २०८१

नेपालगञ्जतर्फ जाँदै गरेको ना४ख ९३१७ न. को यात्रुवहाक बस दुर्घटना, ३ को मृत्यु २७ घाइते

काठमाडौं भाद्र ११,  जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना४ख ९३१७ नम्बरको यात्रुवहाक बस आज बिहान रत्न राजमार्गअन्तर्गत पर्ने भेरीगङ्गा नरगपालिका–५ स्थित हर्रेमोडमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २७ जना यात्रु घाइते भएको समाचार प्राप्त् भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतलाइ उदृत गर्दै प्राप्त समाचारमा बस दुर्घटनामा परि ज्यान गुमाएकामध्ये दुई महिला र एक पुरुष रहेको एकको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको उल्लेख गरिएको छ ।

त्यस्तै प्रहरीले यात्रुवाहाक बस ब्रेकफेल भएर गाडी दुर्घटना भएको हुनसक्ने अनुमान गर्दै बस चालक सहित ३० जना सवार भएकोमा ३ जनाको मृत्यु भएको र २७ जना घाईते भएको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।