शनिबार, बैशाख ८, २०८१

नेपालको प्रजातान्त्रिक आन्दोलनमा सिंहको योगदान महत्वपूर्ण :नेता सिंह

मङ्गलादेवी सिंहको २३औँ स्मृति दिवसको अवसरमा स्व सिंहको सालिकमा माल्यापर्ण गर्दै सुपुत्र प्रकाशमान सिंह र बुहारी सिर्जना सिंह .

मङ्गलादेवी सिंहको २३औँ स्मृति दिवस :

काठमाडौं भाद्र १०,  नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष स्व मङ्गलादेवी सिंहको २३औँ स्मृति दिवस आज बिहान कामपा वडा न. १५ स्थित शोभाभगवतीस्थित स्व सिंहको सालिकमा माल्यापर्ण गरि मनाईएको छ ।

कार्यक्रममा उहाँका सुपुत्र एवम् काङ्ग्रेस नेता प्रकाशमान सिंहले नेपाली महिलाको हकअधिकारका लागि आवाज उठाउने महिला मङ्गलादेवी भएको बताउँदै नेपालको प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा सिंहको महत्वपूर्ण योगदान रहेको बताउँनु भएको छ ।

त्यस्तै कार्यक्रममा काठमाडौं काङ्ग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, काठमाडौं काङ्ग्रेसका सभापति सबुज बानियाँले महिलाको हकअधिकारका स्थापित गर्नु स्व मङ्गलादेवीले खेल्नु भएको योगदान महत्वपूर्ण रहेको बताउँनु भएको थियो ।  त्यस्तै कार्यक्रममा काठमाडौ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी, प्रदेशसभा सदस्य जीवन डङ्गोल, स्व सिहका बुहारी एवम काँग्रेस नेतृ सिर्जना सिंह, नेपाल महिला सङ्घ काठमाडौका अध्यक्ष विष्णुदेवी पुडासैनीलगायतको उपस्थिती रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।