बिहिबार, बैशाख १३, २०८१

नक्कली छाप तथा कागजात कीर्ते अभियोगमा बरूवाल र लामा पक्राउ

काठमाडौं भाद्र ३ , महानगरीय अपराध महाशाखाले नक्कली छाप तथा कागजात कीर्ते गर्ने  कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौको नागार्जुन नगरपालिका–८ का ३३ वर्षीय विनोद बरूवाल र नागार्जुन नगरपालिका–५ बस्ने रेनु लामालाई पक्राउ गरेको छ ।

विगत केही समयदेखि काठमाडौ उपत्यकाभित्र विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका महत्वपूर्ण कागजात तथा छापको दुरुपयोग भइरहेको भन्ने सूचनाको आधारमा अपराध महाशाखाले छानविनको क्रमममा बरुवाल र लामालाइ पक्राउ गरेको जनाएको छ ।

त्यस्तै महाशाखाले पक्राउ परेका अभियुक्तद्दयबाट राहदानी १७ थान, डिलक्स लेखिएको विद्यार्थीको नामसहित विवरण भएको रजिष्ट्रार, विभिन्न कार्यालयको रबर छाप ३९ थान, पेनड्राइभ ११ थान र विभिन्न व्यक्तिको नाममा रहेको प्रमाणपत्रसमेत बरामद भएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।