बिहिबार, चैत्र १५, २०८०

दुर्घटना सिफारिस दिदै घुस लिन पल्केका ट्राफिक प्रहरी जवानअख्तियारको फन्दामा

काठमाडौं भाद्र २ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु एक लाख घुस लिएको आरोपमा महानगरीय ट्राफिक प्रहरी कार्यालय, गोङ्गबुमा कार्यरत चार प्रहरी जवानलाई आज पक्राउ गरेको छ ।

आयोगले आज पक्राउ गरेको चार प्रहरी जवानहरु क्रमस देवेन्द्र बलायर, आकाश खनाल, निरज भण्डारी र हिटलर साउद रहेको र निहरुले दुर्घटना सिफारिस दिएबापत सेवाग्रहीसँग घुस लिदै गरेको अवस्थामा घुस रकमसहित पक्राउ गरेको जनाएको छ ।

यद्यपी अनुसन्धानका क्रममा प्रहरी जवान खनाल र भण्डारी घुस लिने कार्यमा प्रत्यक्ष संलग्न रहेको नदेखिएकाले हाल उनीहरुलाई मुद्दा नचलाई साक्षीका रुपमा राखिएको आयोगले जनाउँदै प्रहरी जवानद्दय बलायर र साउदलाई जनही रु १ लाख बिगो माग गर्दै आजै विशेष अदालतमा मुद्धा समेत दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।