शुक्रबार, चैत्र १६, २०८०

तत्कालीन स्थानीय विकास अधिकारी पोखरेल र लेखा अधिकृत पौड्यालसहित ११ जना विरुद्ध मुद्धा दायर

काठमाडौ साउन २३ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको काप्रेचौरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको भवन निर्माणका क्रममा अनियमितता गरेको आरोपमा तत्कालीन स्थानीय विकास अधिकारी पेशलकुमार पोखरेल र लेखा अधिकृत रामकुमार पौड्यालसहित ११ जना विरुद्ध आज विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

तत्कालीन जिविस अधिकारी पोखरेल र लेखा अधिृकत पौड्यालले उक्त विद्यालयको भवन निर्माणका क्रममा झुठा बिल भरपाई बनाई रु ५ लाख २२ हजार ५०० भुक्तानी गरेको आयोगले जनाएको छ । त्यस्तै तत्कालीन काप्रेचौर गाविसका सचिव टेकबहादुर डाँगीले समेत झुठा बिल भर्पाइ बनाई रु ४ लाख भुक्तानी गराएका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

त्यस्तै आगोगद्धारा जारी विज्ञप्तिमा जिविस अधिकारी पोखरेल र लेखाअधिकृत पौड्यालविरुद्ध जनही ४ लाख ६४ हजार १५१ रुपैयाँ २५ पैसा बिगो माग दाबी गरेको छ भने प्रस्तुत प्रकरणमा संलग्न इन्जिनियर गज्जुबाबु श्रेष्ठ, सवइन्जिनियर द्रोर्णप्रसाद रजौरे, असिष्टेन्ट ओभरसियर फलेन्द्र डिसीले झुठा कागजात पेश गरेको भन्दै आयोगले उनीहरुविरुद्ध जनही रु ८ लाख ४७ हजार विगो माग गर्दै मुद्धा दायर गरेको छ ।

यसैवीच आयोगले काप्रेचौर गाविसका सचिव डाँगी, विद्यालयका प्रअ   कृष्णबहादुर घर्ती, निमित्त प्रअ खलबहादुर चलाउनेले झुठा कागजात पेश गरेको भन्दै उनीहरुविरुद्ध जनही तीन लाख ५५ हजार ३३८ रुपैयाँ ७५ पैसा बिगो माग गरेको छ । यस्तै उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर रावत, सचिव डम्बरबहादुर पुन, कोषाध्यक्ष निमाकुमारी विकलाई समेत जनही रु ८ लाख ४७ हजार बिगो माग गर्दै मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।