बिहिबार, चैत्र १५, २०८०

झुटो विवरण पेश गरी नेपाली नागरिकता लिने राजेन्द्र महतो सहित ८ जनाको नागरिकता रद्द

प्रम ओलीको उपचारखर्च स्वयम प्रम ओली आफैँले बेहोर्ने, ३ जना सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरुको सरुवा  

काठमाडौ साउन १९,  साउन १६ गते बसेको मन्त्रिपरिषदको १९ बुँदे निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी ओलीको सङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा हुने उपचारखर्च प्रम ओली स्वयमले बेहोर्नुहुनेछ, भ्रमण टोलीको आवतजावतको टिकट खर्च मात्रै सरकारले बेहोर्न बताउँनु भएको छ ।

त्यस्तै बैठकले ३ जना सशक्त प्रहरी अतिरिक्त महानिरीक्षकहरुको सरुवा गर्ने निर्णय गरेको छ । जसअनुरुप पुष्पराम केसीलाई साबिकको कार्य तथा सीमा सुरक्षा विभागबाट सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा, नारायणबाबु थापालाई मानव स्रोत विभागबाट सीमा सुरक्षा र रामशरण पौडेललाई प्रशिक्षण प्रतिष्ठान कार्यालयबाट सशस्त्र प्रहरी बल प्रधान कार्यालयको मानव स्रोत विभागमा सरुवा गरिएको जानकारी दिदै सरकार प्रवक्ता बाँस्कोटाले सम्बन्धित कार्यालयमा झुटो विवरण पेश गरी नेपाली नागरिकता लिएका अशोक साह, विन्दे महतो, दानादेवी महतो, सुशील महतो, राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महताको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी निजहरुलाई नागरिकबाट हटाउने निर्णय गरेको जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।


विभिन्न कारणवस रिक्त रहेका मुलुकका विभिन्न ३७ जिल्लामा ५० पदका लागि उपनिर्वाचन मङ्सिर १४ गते गर्ने व्यवस्था मिलाईएको र सार्वजनिक खरीद (आठौँ संशोधन) नियमावली, २०७६ स्वीकृति गरी नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ ।  साथै बैठकले नेपाली नोटरी पब्लिक परिषद्लाई रु १० लाख अनुदान उपलब्ध गराउने निर्णय रकञ्चनपुर घटनामा घाइते अर्जुन भण्डारीलाई राहत रकम मासिक रु २५ हजार उपलब्ध गराउने र भीमसेन थापा गाउँपालिका र गोरखाको केन्द्र परिवर्तन गर्ने निर्णय गरिएको जानकारी दिनु भएको छ ।