शुक्रबार, चैत्र १६, २०८०

जडीबुटीको चोरी निकासीमा सहयोग गर्ने वन अधिकृत कानूनविरुद्ध मुद्दा दायर

काठमाडौ साउन २१ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय रुकुमका सहायक वन अधिकृत विनोदप्रसाद कानूनविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  आयोगद्दारा जारी विज्ञप्तिमा सहायक वन अधिकृत कानुले नक्कली इजाजतपत्र तयार गरी जडीबुटीको चोरी निकासीमा सहयोग गर्दै रु छ लाख १४ हजार ७३० बराबरको सार्वजनिक सम्पत्ति हिनामिना गराएको आयोगले जनाएको छ ।

यस्तै आयोगले राज्यलाई कर नतिरी जडीबुटी निकसीमा संलग्न भएको भन्दै दुर्गादीप इन्टरप्राइजेज काठमाडौँका प्रोपाइटर दुर्गबहादुर खड्का, दीपक जडीबुटी सप्लायर्स एण्ड ट्रेडर्स सुर्खेतका प्रोपाइटर मानबहादुर ओली र नेपाल हर्वल प्रोसेसिङ प्लान्ट बाँकेका प्रोपाइटर लालबहादुर वलीविरुद्ध पनि बिगो माग गर्दै मुद्धा दायर गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

दायर मुद्धामा दुर्गबहादुरविरुद्ध रु एक लाख ६८ हजार ६४०, मानबहादुरविरुद्ध रु एक लाख १८ हजार ४० र लालबहादुरविरुद्ध रु ३० हजार बिगो माग दाबी गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।