शनिबार, बैशाख ८, २०८१

 चितवनको चौबिसकोठीदेखि मालपोतचोक सम्म निषेधित क्षेत्र घोषणा

काठमाडौं भाद्र २ , पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई रिहाईको माग गर्दै चितवनमा दिनहुँ प्रर्दशन गर्नेक्रम बढेसंगै स्थानीय प्रशासनले स्थानीय क्षेत्रको स्थिती सामान्य बनाउँन निषेध आज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको निषेधआज्ञा अनुरुप स्थानीय चौबिसकोठीदेखि मालपोतचोकसम्म दर्शन तथा समुह बनाएर बस्न मात्र नपाइने होइन कुनैपनि किसिमको हुहुज्जत नारावाजी समेत गर्न निषेध गरिएको छ ।

यसैबीच, चितवनका राजनीतिक दलहरूले पत्रकार शालिकराम पुडासैनी हत्या प्रकरणबारे निष्पक्ष छानबिन गर्न प्रशासनलाई सहयोग गर्ने सहमति गरेसंगै प्रस्तुt प्रकरण्मा जिप्रका चितवन र नेपाल प्रहरीको सीआईवीले अनुसन्धान गरिरहेको छ ।

साथै पत्रकार पुडासैनीको आत्माहत्या प्रकरण्मा लामिछानेसहितका ३ जनामाथि जिप्रका चितवनले साउन ३१ गते जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान शुरु गरिएको र यसवीचमा अनुसन्धान नसकिएकाले प्रहरीले मंगलवार पुनः म्याद थपका लागि उनीहरुलाई अदालतमा उपस्थिति गराइने बताएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।