बिहिबार, बैशाख १३, २०८१

काङ्ग्रेस केन्द्रीय समितिमा विभिन्न विषयगत प्रस्ताव उपर छलफल शुरु

काठमाडौ भाद्र १२,   संघीय संसदका प्रमुख प्रतिपक्षीदल नेपाली काङ्ग्रेसको आज समसामायिक विषयवस्तुत केन्द्रीत केन्द्रीय समितिको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गर्नुभएको प्रस्ताव अन्र्तगत पार्टीको भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान स्वीकृति तथा कार्यसमितिको समयावधि सकिएको भ्रातृ एवं शुभेच्छुक संस्थाका बारेमा छलफल आरम्भ प्रारम्भ गरेको छ ।

त्यस्तै बैठकले सहमहामन्त्री डा प्रका शरण महतले समसामयिक राजनीतिक प्रस्ताव  त्यस्तैगरि स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई नीतिगत निर्देशन गर्ने प्रस्ताव  उपर  छलफल आरम्भ  भएको  हो   ।

साथै आजको बैठकमा  केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सिटौला, डा रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, फरमूल्लाह मन्सुर, सुजाता कोइराला, आनन्दप्रसाद ढुङ्गाना, नवीन्द्रराज जोशी, कमला पन्त, धनराज गुरुङ, महेन्द्र यादव, प्रदीप पौडेल, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत र देवेन्द्रराज कँडेलले लगायतले आ–आफ्नो धारणा व्यक्त गर्नु भएको पार्टी मुख्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा नेपालको लोकतान्त्रिक आन्दोलनमा योगदान गर्नु हुने नेता तथा कार्यकर्ता उहाँहरुका अभिभावकको निधनप्रति समवेदना प्रकट गरिएको उल्लेख गरिएको छ । केन्द्रीय कार्यसमितिको अर्को बैठक यही भाद्र १३ गते बिहान ११ बजे पुनः बस्ने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।