शनिबार, बैशाख ८, २०८१

काङ्ग्रेसद्वारा संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौ साउन २२,  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले क्वारेन्टाइनको उचित प्रबन्ध गर्न र जडीबुटी निकासीलाई सहज बनाउनका लागि सरकारको ध्यानाकर्षण गराउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय केन्द्रीत उक्त जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा दर्ता गराएको छ ।

सांसद रङ्गमती शाही प्रस्तावक रहेको उक्त सार्वजनिक महत्वको प्रस्तावको सांसद बालकृष्ण खाँण, डिला सङ्ग्रौला पन्त र प्रकाश रसाइली समर्थक गर्नु भएको छ ।

त्यस्तै प्रस्तावमा नेपालमा उत्पादित र सङ्कलित सबै जडीबुटीको प्रशोधनको प्रबन्ध नेपालमै हुन नसकेको र क्वारेन्टाइनसम्बन्धी व्यवस्था पनि नहुँदा निकासी भइरहेको जडीबुटीमा अवरोध उत्पन्न हुनाका साथै सङ्कलित जडीबुटी खेर जानुको अलावा यस क्षेत्रमा हजारौ व्यक्तिको रोजगारीमा समेत असर परेको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।