बुधबार, बैशाख १२, २०८१

कम्युनिष्ट सरकारको अराजकताका कारण लोकतन्त्रको मर्म समेत असुरक्षीत :काँग्रेस नेतृ देउवा

काठमाडौं भदौ १०, नेपाल विद्यार्थी संघकी निवर्तमान सह महामन्त्री महेश्वरी कुँवरको ने वि संघ मैदान बाट महिला नेतृत्व नामक पुस्तक बिमोचन गर्दै कांग्रेस नेतृ आरजु राणा देउवाले कांग्रेसले आफ्नो गौरवमय इतिहास जनतालाई बताउन हिचकिचाउन नहुने बताउँनु भएको छ ।

साथै उहाँले मुलुकलाइ माया गर्ने पार्टी भनेको नेपाली काँग्रेस मात्रै भएको ज्वलन्त उदाहरण विगत देखि वर्तमानसम्म काँग्रेसल सम्पादन गरेको देश विकासको अनेकन गतिविढीबाट घाम जस्तै छर्लङ्ग भएको बताउँनु भएको  छ  ।

  त्यस्तै उहाँले  कम्युनिष्ट सरकारले पछिल्लो समय प्रेस माथि नियन्त्रण गर्न मिडिया विधेयक ल्याउँनु,  गुठी विधेकय ल्याउँनुजस्ता अनेकन अराजकता सहितको रवैयाले लोकतन्त्रको मर्म समेत सुरक्षीत नहुने खतरा बढेको जिकिर गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।