शुक्रबार, चैत्र १६, २०८०

एलोपेथिकसंगै आयुर्वेदिक औषधि प्रयोगको प्राथमिकीकरण आवश्यक: पूर्व प्रम खनाल

काठमाडौं साउन २९,  पूर्व प्रधानमन्त्री एवम सत्तारुढ दलका वरिष्ठ नेता झलनाथ खनालले संघस स्थाले आफ्नो स्थापना कालको ५० औं वर्षगाँठ मनाउँनु भनेको आफैमा समय सापेक्ष संस्थागत सफलताको पर्याय भएको बताउँदै औषधिमा आम जनताको सहज पहुँचका लागि एलोपेथिक संगै मुलुकमा प्राचिन समय देखिनै प्रचलनमा रहेको आयुर्वेदिक औषधिको प्रयोगको वातावरण लाइ समेत प्राथमिकी करण गर्नुपर्ने बताउँनु भएको छ ।

नेपाल औषधि तथा विक्री प्रतिनिधि संघको ५०औ वर्षगाँठ कार्यक्रमको उद्घाटनसत्रमा प्रस्तुत अभिव्यक्ति दिदै उहाँले  सहि समयमा  उचित औषधि  नपाएका कारण आफुले आफ्नो परिवार सदस्यलाइ गुमाउँनु परेको मार्मिक प्रसंग सुनाउँदै  औषधिमा जनताको सहज पहुँचका लागि पर्दै आएका एनएमएसआरएका सदस्यहरुले झेल्दै आएका विविध समस्या समाधाका लागि आफुले सरकारको तर्फबाट गरिनुपर्ने कामबारवाहीको लागि सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।  त्यस अवसमार उहाँले संस्थाद्दारा प्रकाशित बुलेटिनको समेत लोकापर्ण गर्नु भएको थियो ।

संस्थाका केन्द्रीय महासचिव अनुप पाण्डेले ५५ प्रतिशत विदेशी र ४५ प्रतिशत स्वेदेशी औषधीको क्षेत्रमा कार्यरत एमआर प्रतिनिधीको सामाजीक सुरक्षाको ग्यारेन्टी सहित पहिचान स्थापितका लागि राज्यको तर्फबाट सम्बोधनको आवश्यकता औल्याउँदै सारगर्विक संस्थागत जानकारीसहित शुभारम्भ भएको प्रस्तुत कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तीराम श्रेष्ठ , औषधि उत्पादकसंघका केन्द्रीय सदस्य विप्लव अधिकारी संस्थाका संस्थापक अध्यक्ष शंकरदास श्रेष्ठ लगायतले एनएमएसआए सफलताको कामना गर्दै आफ्नो अभिमत प्रस्तुत गर्नु भएको थियो ।

संघका अध्यक्ष शितल श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा  अध्यक्ष श्रेष्ठले संस्थाका माग सम्बोधनका लागि राज्यले तत्काल कार्यारम्भ गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।