शुक्रबार, बैशाख ७, २०८१

एनएमएसआरएले स्थापनाकालको ५०औं वर्षगाठ मनाउँदै

काठमाडौं साउन २८,  नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ अर्थात एनएमएसआरएले बुधवार  राजधानीमा आफ्नो स्थापनाकालको ५०औं वर्षगाठ एक विशेष कार्यक्रमकावीच मनाउँने भएको छ ।

संघका केन्द्रीय अध्यक्ष शितल श्रेष्ठ मार्फत प्राप्त जानकारी अनुसार पूर्व प्रधामन्त्री   एवम सत्तारुढदल नेकपाका वरिष्ठ नेता झलनाथ खनालको प्रमुख आतिथ्यामा सम्पन्न हुने प्रस्तुत वार्षिक उत्सवको उद्घाटनसत्रमा संघले विगत देखि वर्तमान सम्म झेल्दै आएका अनेकन  आरोह अवरोहको समिक्षा सहित मुलुकको औैषधी जगतमा देखिएको पछिल्लो उतार चढावको समेत समिक्षा गरिने बुझिएको छ ।

त्यस्तै सांगेतिक एवम सास्कृतिक वातावरणमा सम्पन्न हुने प्रस्तुत कार्यक्रममा सरोकारवाला संघसस्थाको प्रतिनिधीको समेत उपस्थिती रहने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु