बिहिबार, बैशाख ६, २०८१

एक दशक यतादेखि फरार रहदै आएका बहुचर्चित सुडान घोटाला प्रकरणका दोषी भारती पक्राउ

काठमाडौ भाद्र १३, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले २०६४ को बहुचर्चित सुडान घोटाला प्रकरणका दोषी एवम् भारती निर्माण कम्पनी अस्योर्ड रिक्स लिमिटेड, लन्डनका स्थानीय प्रतिनिधि एवं भगवती ट्रेडर्सका सञ्चालक शम्भु भारतीलाई पक्राउ गरेको छ ।

राष्ट्रसंघीय मिसनका लागि सुडानमा खटिने नेपाल प्रहरीको सामाग्री खरिदमा भएको घोटाला प्रकरणमा भारतीले तत्कालीन प्रहरी महानिरीक्षक ओमविक्रम राणासँगको मिलेमतोमा स्पेसिफिकेसन र क्याटलगबिना नै सामानको रेट बनाएर भ्रष्टाचार गरेको ठहर गर्दै सर्वोच्च अदालते दोषी ठहर गर्दै १४ करोड २० लाख बिगो र जरिवानासहित १ वर्ष जेल सजाय फैसला गरेको थियो। तर उनी फरार थिए।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु