शुक्रबार, बैशाख १४, २०८१

उच्च अदालत पोखराका न्यायाधीश अधिकारीद्वारा राजीनामा

काठमाडौं भाद्र २ , गोर्खा ब्रुअरीको अन्तःशुल्कको मुद्दामा क्षेत्रधिकार विवादमा परेपछि उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

प्रस्तुत विवादको निरुपणका लागि न्याय परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश सपना मल्लको नेतृत्वको छानबिन समितिसमेत गठन गर्दै छानविन प्रधिया अगाडीबढाएसंगै न्यायाधीश अधिकारीले न्याय परिषदमार्फत प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाइ राजीनामा बुझाएको प्राप्त समाचरमा उल्लेख गरिएको छ ।

यद्यपी न्यायाधीश अधिकारीले आफ्नो राजीनामा पत्रमा घरायसी समस्या भएको कारण पदबाट राजीनामा दिएको उल्लेख गरेपनि छ । गोर्खा ब्रुअरीको अन्तःशुल्कको मुद्दामा क्षेत्रधिकार भन्दा अगाडी बढ्दै मुद्धाको फैसला गरेसंगै आर्थिक अनियमिताको आशंकामा  मुछिएको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।