बिहिबार, चैत्र १५, २०८०

आज साउनको तेस्रो सोमबारी व्रत, शिव मन्दिरमा महिलाहरुको घुईचो

काठमाडौं साउन २०, आज साउन महिनाको तेस्रो सोमबार । नेपाली हिन्दू नारीहरु ब्रत बसी आफ्ना पतिको दीघार्युको कामना गर्दैछन् । यसै अवसरमा शिवको पूजा आराधना गर्न र जल चढाउन देशभरिका शिव मन्दिरमा महिलाहरुको घुईचो लागेको छ ।

 आजको दिन नेपाली हिन्दू महिलाहरुले साउने सोमवारमा ब्रत बस्नुका साथै महिनाभरी शिवको आराधना गर्ने गर्छन् । यस क्रममा उनीहरुले हरियो कपडा र चुरा तथा मेहन्दीमा सजिने गर्दछन् भने पुरुषहरू पनि व्रत बसेर पूजा गर्ने गर्दछन् । स्मरण रहोस हरियोलाई प्रेम, रातोलाई शौभाग्य र पहेँलोलाइ पवित्रताको प्रतिकको रुपमा लिइन्छ ।

त्यस्तै आजको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे आफ्नो मनोकामना पूरा भई सुखशान्ति मिल्ने विश्वास रहिआएको छ । सोहि क्रममा पुशपतिनाथ, लगायतका शिव मन्दिरहरुमा जल चढाउने भक्तजनको घुइचो लागेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।