शनिबार, बैशाख ८, २०८१

आज साउनको अन्तिम सोमवार, देशभरका शिवालयमा भक्तजनको घुइँचो

भगवान शिवको पूजाअर्चना सहित सौभाग्य एवम् समृद्धिको कामना गरिदै

काठमाडौ साउन २७, आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथलगायत देशभरका शिवालयमा सुख, शान्ति तथा सौभाग्य एवम् समृद्धिको कामना गर्दै भगवान शिवलाई जल चढाउँदै मनोकामना पूर्णताको कामना गरिएको छ ।

राजधानीको पुशपतिनाथ , काठमाडौंको मरुहिटीस्थित सन्तानेश्वर महादेव मन्दिर लगायत कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, चितवनको देवघाटमा बिहानैदेखि हरियो बस्त्र र आभूषणमा सजिएका महिला भक्तजनको घुइँचो लागेको हाम्रा सहकर्मीहरुले जनाएका छन ।

त्यस्तै आजको दिन काठमाडौंको सुन्दरीजलबाट जल ल्याएर पशुपतिमा चढाउने बोलवम समूहको पनि त्यतिकै घुइँचो रहेको छ । त्रेतायुगमा पार्वतीले भगवान शिवलाई बरको रुपमा प्राप्त गर्नका लागि १६ सोमवारी ब्रत गरेको कुरा शिवपुराणमा उल्लेख भएअनुरुप आजको दिन महादेवको पूजा पाठ गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।