शुक्रबार, चैत्र १६, २०८०

आज बस्ने सचिवालय बैठकले नितिगत निर्णय गर्ने नेकपाको दावी 

काठमाडौ साउन ३०, सत्तारुढदल नेकपाको बुधवार बस्ने भनिएको सचिवालय बैठक पनि स्थगनभएसंगै पार्टी एकतापछि बहुचर्चित स्कूल विभागको गठन संगै पोलिटब्युरो गठन, केन्द्रीय कमिटीको कार्यविभाजन, जनवर्गीय सङ्गठनको कमिटीलाई पूर्णता पाउँन नसक्नुको अलावा नेनेताहरुवीच पनि अनेकन शंका आशंका सिर्जना हुन थालेको बताईएको छ ।

यद्यपी प्रस्तावित विषयमा नितिगत निर्णग गर्न आज अपराह्न ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुबाटारमा बैठक वोलाईएको आजको बैठकले नितिगत निर्णय गर्ने बताईएको छ । तर यसअघिको बैठकमा नितिगत सहमति बनाउँन नसक्दा पटकपटक बैठक सारिँदै आएको अवस्थाकावीच आज बस्ने भनिएको बैठकले पनि विगतकै नियति अनुरुप स्थगनको संभावना वोकेको नेताहरुले बताएका छन ।

त्यस्तै बहुचर्चित प्रसंग अन्र्तगत स्कूल विभागको बखेडाका कारण पार्टीभित्र अनेकन उल्झन बढ्दै गएको बताउँदै नेकपाले पार्टी एकतापछि प्रदेश कमिटी र जिल्ला कमिटीको अलावा अन्य थप संरचना बनाउँन नसकेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।